About Us

        जसले शिक्षा प्राप्त गर्छ उसले मुक्ति पाउँछ भनिन्छ । सबै किसिमका विभेदहरुबाट मुक्ति पाउन शिक्षाको आवश्यकता पर्छ र समद्धिको आधार नै शिक्षा हो, सकारात्मक जीवनशैली निर्माण गर्न, मनुष्यलाई वास्तविक मानव बन्न बनाउन, सभ्यताको रुपान्तरण गर्न प्रेम सत्भाव, प्रज्ञा विवेकको उज्यालो जीवनको दिशाबोध र मार्गदर्शन मर्न चेतनाको सर्वोच्च शक्ति शिक्षाबाट नै प्राप्त गर्न सकिन्छ भन्ने उच्च चेतनाका साथ १९९०, ९२ तिर संस्कृत भाषा पाठशालाको रुपमा रहेको विद्यालय वि।स २००९ साल आश्विन १ गतेका दिन प्राथमिक विद्यालयको रूपमा स्थापना भएको हो । शिक्षाप्रेमी, समाजसेवी, दूरदर्शी अपन महानुभावहरूको योगदान, अभिभावकज्यूहरुको माया स्नेह सहयोग विश्वास स्थापनाकाल देखिने विद्यालयले प्राप्त गर्दै आएको आदरणीय गुरु श्री गोपाल अधिकारी गुल्मी र श्री नन्दलाल उपाध्यायको पढाउदै आएको संस्कृत भाषा पाठशाला औपचारिक प्राथमिक विद्यालयको रूपमा रुपान्तरित भए पछि २००९ सालमा प्राथमिक २०११ सालमा अपर प्राइमरी २०१६ सालमा निमा २०२१ सालमा मा।वि २०५४ सालमा उ। मा। वि २०७५ सालमा प्राविधिक शिक्षा पठनपाठन गर्ने विद्यालयका विद्यालयको विकास हुँदै आयो । यस विद्यालयबाट उत्पादित जनमुक्तिले निजामति प्रशासन, शिक्षा, स्वस्थ्य, सुरक्षा, इन्जिनियरिङ, पत्रकारिता, समाजसेवा र राजनीतिको उच्च तहमा पुगेर राष्ट्रको विकासमा योगदान पुर्‍याउँदै आएको छ ।

आजसम्म यस विद्यालयबाट हजारौ विद्यार्थीहरुले विभिन्न प्रतियोगिताहरु र परीक्षाहरुमा उच्च स्थान हासिल गरी पुरस्कृत हुनुका साथै विद्यालयको प्रतिष्ठालाई बढाउदै १२ को बोर्ड परीक्षा उत्तीर्ण गर्नुभएको छ । हाल विद्यालयमा बाल शिक्षादेखि १२ कक्षासम्म र ३ वर्षे सिभिल इंग्जिनीयरिङ डिप्लोमा तहको पठनपाठन सञ्चालित छ । कक्षा ११, १२ मा शिक्षा, मानविकी र वाणिज्य विषयको पठनपाठन भईरहेको छ। 

तत्कालीन समयमा दरबार र घरजग्गा दिने दाताहरु स्व। वीरेन्द्रवहादुर शाहका तीनभाइ छोराहरु स्वनोदविक्रम शाह, स्व। महेन्द्र विक्रम शाह, स्वनिलेन्द्र विक्रम शाह, संस्थापक अध्यक्ष स्व गेहेन्द्रबहादुर शाह, संस्थापक सदस्यहरु स्व ध्रुव विक्रम शाह, स्व यानकृष्ण शाह, स्व होमजंग मल्ल, कर्णबहादुर खत्री, बलवीर खत्री, गोकर्ण गिरी, श्रीकृष्ण शर्मा, शिवकुमार शर्मा, कृष्णवहादुर केसी, बलवीर के सी त्यसैगरी छात्रावासका लागि घरजग्गा दिने दाताहरु तत्कालीन भलाक्चा हालको मुनपा ११ का स्व डिल्लीबहादुर पुन र उनका भाइहरु भुपलाल पुन, डण्डबहादुर पुन, टेकबहादुर पुन, भुपबहादुर पुन, तेजवहादुर पुन र श्रीकुमार पुन, भारतीय दूतावासबाट प्रशासनिक शिक्षण भवन तथा दुईओटा छात्रावास भवनको परियोजना ल्याउन अतुलनीय सहयोग गर्ने एम बी। क्षेत्री, विद्यालयका गुरु शिक्षकहरु गोपालप्रसाद अधिकारी गुल्मी, नन्दलाल शर्मा रुकुमकोट, चन्द्रभूपाल शाह, बालकृष्ण शाह, प्रेमराज सिंगौर, इन्द्रजग मल्ल, श्रीकृष्ण शर्मा, सूर्यप्रकाश गिरी, लोकमणी शर्मा, नवराज रजौरे, कुबेर जग मल्ल, शम्भुप्रकाश शाह, सुधिरकुमार शाह, रामचन्द्र शाह, रमणकुमार शर्मा, गोपालसिंह केसी मीनबहादुर पुन, प्रजित रावल लगायतका प्रअ ज्यूहरु विद्यालयको नाममा रहेकी जग्गा १४०८१५ वर्गमिटर भवन संख्या १० कोठा संख्या ठूला ४८, साना १३ विज्ञान प्रयोगशाला २ इन्जिनीयरिङ कार्यशाला १